
म एक त्यही धुलो मान्छे, समयको हावामा उडेको मान्छे। कहिले आफ्नो बाटो हराएको, कहिले आफैँलाई भेटेको मान्छे। म एक त्यही तितो मान्छे, जीवनका पीडा चाखेको मान्छे। म एक त्यही मिठो मान्छे, मायाको सुवास बाँडेको मान्छे। म एक त्यही बिग्रेको मान्छे, आफ्नै भूलमा हराएको मान्छे। म एक त्यही सप्रेको मान्छे, आफ्नै घाउबाट सिकेको मान्छे। म एक त्यही छिटो मान्छे, समयभन्दा अघि दौडेको मान्छे। म एक त्यही रित्तो मान्छे, सबै पाएर पनि केही खोजेको मान्छे। म एक त्यही वसन्तमा फक्रेको मान्छे, सपनाका फूलले सजिएको मान्छे। म एक त्यही पीडामा लत्रेको मान्छे, आँसुका भारले झुकेको मान्छे। म एक त्यही बेहाल मान्छे, हाँसोभित्र आँसु लुकाएको मान्छे। म एक त्यही घायल मान्छे, समयका चोट बोकेको मान्छे। म एक त्यही रोएको मान्छे, मौनभित्र चिच्याएको मान्छे। म एक त्यही हारेको मान्छे, हारभित्र पनि बाँचेको मान्छे। म एक त्यही मान्छे, समाज र संसारसँग ठोक्किएको मान्छे। म एक त्यही इत्रेको मान्छे, आफ्नै पहिचान खोज्दै हिँडेको मान्छे। म एक त्यही भ्रमको मान्छे, मायाजालमा अल्झिएको मान्छे। म एक त्यही धर्मको मान्छे, आफ्नो सत्य खोज्ने मान्छे। म एक त्यही शर्मको मान्छे, आफ्ना गल्ती सम्झेर झुकेको मान्छे। म एक त्यही क्रमको मान्छे, समयको धारसँग बग्दै हिँडेको मान्छे। म एक त्यही इच्छाको मान्छे, अधुरा रहर बोकेको मान्छे। म एक त्यही डरको मान्छे, आफ्नै छायाँसँग लडेको मान्छे। म एक त्यही भूलको मान्छे, गल्तीबाट बाटो सिकेको मान्छे। म एक त्यही मूलको मान्छे, माटोको सुगन्ध बोकेको मान्छे। म एक त्यही पागल मान्छे, सपनालाई सत्य ठानेको मान्छे। म एक त्यही महान मान्छे, आफ्नै कमजोरी जितेको मान्छे। म एक त्यही मान्छे हुँ— कहिले घाम, कहिले छाया। कहिले फूल, कहिले काँडा। आफ्नै कथा बोकेर, आफ्नै अस्तित्व खोज्दै, समयको अनन्त यात्रामा हिँडिरहेको एउटा अधुरो तर साँचो मान्छे।

