
ऊर्लेर आयो श्रावणे भेल पखाली लग्यो जे-जत्ति थियो यो भाग्य र कर्मको फल कसरी बोक्यौ त्यो क्रोध–जल बारम्बार पारेर विपती–थल बग्यो आँगन, बग्यो सपना बग्यो मनको रहर पनि आँखाभरि बाँचेका कथा बने आज आँसुका नदी ऊर्लेर आयो श्रावणे भेल पखाली लग्यो जे-जत्ति थियो यो भाग्य र कर्मको फल कसरी बोक्यो त्यो क्रोध–जल बारम्बार पारेर विपती–थल। हिजो थियो फूलको मौसम आज काँडा टेक्दैछु तिम्रो यादको छायाँ बोकी एक्लै बाटो हिँड्दैछु दोष कसलाई दिऊँ म आखिर समयलाई कि भाग्यलाई आफ्नै कर्मको भारी बोकी पुकार्छु आज भगवानलाई रिसले होइन, पीडाले जल्यो यो मुटुभित्रको आगो आँधी आए पनि कुनै दिन फर्केला कि फेरि उज्यालो बग्ने पानी रोकिँदैन समय पनि फर्कँदैन तर भत्किएको यो मनले आशा भने मर्न दिँदैन ऊर्लेर आयो श्रावणे भेल पखाली लग्यो जे-जत्ति थियो तर बाँकी छ एउटा मन अझै बाँकी छ एउटा सपना अझै बाँकी छ बाँच्ने बल। जति चोटले चिरे पनि जति आँधी आए पनि हारेको यो जिन्दगीले हार मान्दैन कहिल्यै पनि श्रावणको भेल सकिएपछि आकाश फेरि खुल्नेछ आज रोएको यही आँखामा भोलि नयाँ घाम झुल्कनेछ।

