
झ्याम् झ्याम् चौतारी
कलको पानी कलैमा कल्कायो लौसी खान तिमीले पल्कायौ टाटा रेलैमा यो जिउज्यान भूल्दैछ प्रीतिको खेलै खेलमा मन झुल्दैछ झ्याम् झ्याम् चौतारी आऊ बस छेवैमा मनको दौतारी झ्याम् झ्याम् चौतारी आऊ बस छेवैमा मनको दौतारी पानी पर्यो सालघारी सुसायो ज्यान मायाले एकपल्ट हुसियायो माछी जालैमा ख्याल ढुक्कै लाग्दैन तिमी हुँदा साथमा अरू केही चाहिँदैन माया लाग्छी म हुईजान्छु दुई तिरा तिम्रै मायाले पार्छ नि मन दुई चिरा झलमल जुनकीरी नबस छेवैमा फेरि हुन्छौ है मनको जुनकीरी दुई दुई चार दुई गुणा एकै हो मेरो माया तिमीलाई त व्यर्थै भो मनको तरेलीमा बन्दैछौ तिमी बनको जुरेलीझैँ गाउँदैछौ तिमी चार माऊ भैँसी दुई माऊ चौरी छ मभन्दा नि दिदी झन् राम्री छ छकछक रेलैमा नबस दोधारमा छुट्ने बेलैमा खान्न है म त सुपारी खजुर नलाई देऊ माया दुई दिनलाई हजुर हावैमा उडेर रेलैमा गुडेर पिरती मोडेर नौरङ्गी मायालु हजुर चञ्चले मायालु हुँदैन भेटेको न देखेको, न बोलेको लभए भाग्य कर्म र निधारमा लेखेको त्यही भएर होला मन तिमीतिर फेकेको हावा है चल्यो असिना बर्सी नौ डाँडा रसाए त्यो तिम्रो हाँसी नयन लजालु काजलु आँखाले पिरती बसाए रम्फू डम्फू एक होइन दुईतिरा तिम्रो मायाले पार्छ मन दुई चिरा झलमल जुनकीरी नबस छेवैमा फेरि हुन्छौ है मनको जुनकीरी पानी पर्यो अर्कने दर्कने साँचै हुन्छ यो माया युग जाने सराङकोटैमा पुग्दैछ यो ज्यान तिम्रै नाम बोकी बित्ला यो प्राण सल्यान टार र नैनताल दुई गाउँ दुईतिर बग्यो आँसु नौ धारा भुइँतिर खारसाङको लामीमा जे हुनु हुँदैछ अनजान भविष्यमा सालको पात सुकेर सरर गयो पार्यौ मन झन् सारो भएर गयो ताँती भरीया कहाँ जान्छौ मछेड़ी मेरै डिलैमा बस न मेरी छेउछेड़ी खान्छौ जैले तुम्बा र तीनपाने लाउँछु माया नौ जुनी युग जाने मुग्लिङको घाटैमा सुम्पिएँ यो जिउज्यान तिम्रै हातैमा लाउँछु भन्थ्यौ जाने माया तर गर्यौ आज क्षणभरको घामछाया नारायणघाटैमा यो जुनी जाने भो ढाँटै ढाँटमा दाइको घडी एके र सिको फाइब यस्तो भने झन् हुन्छु पर गायब बरपीपलको छहारी नपर ए दाजु अब मेरो भर छैन भारी कलको पानी कलैमा कल्कायो लौसी खान तिमीले पल्कायौ टाटा रेलैमा यो जिउज्यान भूल्दैछ प्रीतिको खेलै खेलमा मन झुल्दैछ झ्याम् झ्याम् चौतारी आऊ बस छेवैमा मनको दौतारी झ्याम् झ्याम् चौतारी आऊ बस छेवैमा मनको दौतारी

